Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आज जुन २१ तारिख, वर्षकै लामो दिन

आज जुन २१ तारिख, वर्षकै लामो दिन

दैनिकी न्यूज

७, आषाढ २०७९
आज जुन २१ तारिख, वर्षकै लामो दिन
images

काठमाडौं । आज जुन २१ तारिख, वर्षकै लामो दिन ।

समयका हिसाबले यसवर्षको सबैभन्दा लामो दिन आज हुँदा रात सबैभन्दा छोटो हुन्छ । आज सूर्यको प्रकाश लामो समयसम्म पृथ्वीमा रहन्छ । आजको दिन पछि दक्षिणायन शुरु हुने भएकाले भोलिदेखि दिन छोटो र रात लामो हुन्छ ।

उत्तरी गोलार्द्ध नजिक आएको सूर्य आजदेखि दक्षिणी गोलार्द्धतर्फ बढ्छ । विश्वका धेरै देशमा आजको दिन १२ घण्टा भन्दा लामो हुन्छ । नेपालमा आजको दिन करिब १३ घण्टा ५४ मिनेटको रहनेछ ।

उत्तरी गोलार्द्धका प्रत्येक देशका लागि भने यो समय अलग अलग हुन्छ । हरेक वर्ष जुन २० देखि जुन २२ को बीचको समय वर्षको सबैभन्दा लामो दिन हुन्छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - १०:२२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology