Logo

आइतवार, आश्विन २५ गते २०८३

images

उच्च अदालत पाटनबाट जरिवना ठहर भएका तामाङ पक्राउ

उच्च अदालत पाटनबाट जरिवना ठहर भएका तामाङ पक्राउ

दैनिकी न्यूज

७, आषाढ २०७९
उच्च अदालत पाटनबाट जरिवना ठहर भएका तामाङ पक्राउ
images

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट १३ लाख रुपैयाँ जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनको विसं २०७७ पुस ७ गतेको फैसलाअनुसार छ दिन कैद सजाय १३ लाख रुपैयाँ जरिवना ठहर भएका चितवन खैरहनी नगरपालिका–४ का ३५ वर्षीय धनबहादुर तामाङलाई सोमबार पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बैकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उच्च अदालतले कैद र जरिवाना ठहर भएका तामाङलाई चितवनबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ तामाङले आफ्नो कुमारी बैंक लिमिटेड सौराहा शाखाको खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितलाई चेक दिएर बैंकिङजन्य अपराध गरेको प्रहरीले जनाएको छ।

तामाङलाई फैसला कार्यान्वयनका लागि सोमबार नै जिल्ला अदालत चितवन पेश गरिएको प्रवक्ता महतोले बताए।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - ०९:१०:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology