Logo

आइतवार, आश्विन २५ गते २०८३

images

आइतबार सार्वजनिक बिदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी

आइतबार सार्वजनिक बिदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी

दैनिकी न्यूज

७, आषाढ २०७९
आइतबार सार्वजनिक बिदा हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी
images

काठमाडौं । नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा गत जेठ महिनामा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जानकारी दिए ।

चैतमा पेट्रोल खपत ६३ हजार किलोलिटर भएकामा वैशाखमा करिब चार हजार किलोलिटर खपत बढेर ६७ हजार किलोलिटर पुगेको जनाइएको छ । जेठमा भने घटेर ५९ हजार किलोलिटरमा झरेको छ । सरकारले इन्धन खपत कम गर्न भन्दै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको र सो नियम जेठ महिनासम्म मात्र लागू भएको थियो । सरकारले असार १ देखि आइतबारको बिदा कटौती गरेको छ ।

images
प्रकाशित मिति :आषाढ ७, २०७९ मंगलवार - ०६:३६:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology