Logo

आइतवार, आश्विन २५ गते २०८३

images

गोदावरी नगरपालिकाद्वारा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना

गोदावरी नगरपालिकाद्वारा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना

दैनिकी न्यूज

५, आषाढ २०७९
गोदावरी नगरपालिकाद्वारा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना
images

ललितपुर । ललितपुरको गोदावरी नगरपालिका स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प सुरु भएको छ । तीनदिनसम्म चल्ने क्याम्प विशङ्खुनारायण मावि प्राङ्गणमा आयोजना गरिएको हो ।

शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे । नगरपालिकाले पहिलोपटक स्काउटमा आधारित यस्तो क्याम्प आयोजना गरेको हो । तीनदिने स्काउट शिविरमा ४५ जना विद्यार्थी सहभागी रहेका छन् ।

रोभर रेन्जर क्याम्पले विद्यार्थीलाई स्काउटका गतिविधिमा सामेल गराउने नगरपालिकाका मेयर महर्जनले बताए । उनले गोदावरी भरीका सबै विद्यालयमा स्काउटको उपस्थिति गराउने जानकारी समेत गराए । ‘स्काउटले नैतिकता सिकाउछ, सम्यम्ता र उद्दार कार्यमा जुट्न सिकाउछ‘, उनले भने, ‘अब निकट भविस्यमा पनि बजेटको व्यवस्थापन गर्नेछौँ ।‘

उममेयर मुना अधिकारीले नगरपालिकालाई स्काउटमय बनाउने बताइन् । उनले स्काउटका गतिविधिले विद्यार्थीलाई उद्दार कार्यमा जुट्न र विपदमा लड्न सिकाउने बताइन् ।

स्थानीय तहमा स्काउटको अधिकार प्रत्यायोजन भएसँगै पहिलोपल्ट गोदावरी नगरपालिकाले उक्त शिविर तथा क्याम्प आयोजना गरेको हो।

हाल गोदावरीमा स्काउटले आफ्नो कार्यालय पनि स्थापना गरिसकेको छ। स्काउटका गतिविधिमा विद्यार्थीलाई अभ्यस्त गराएर आपतकालीन अवस्थामा चाहिने जनशक्ति तयार पार्न शिविर आयोजना गरिएको संयोजक दिपक अर्यालले जानकारी दिए ।

सो अवसरमा स्काउटका भाइ बहिनीहरुलाई शशस्त्र प्रहरीले विपद व्यवस्थापन, नेपाल प्रहरीले समुदाय प्रहरी कार्यक्रम अन्तर्गत लागु औषध र साइबर सम्बन्धी तालिम र वरिष्ठ पत्रकार भवानी बरालले नैतिक शिक्षा र स्काउटको बारेमा प्रशिक्षण दिएका थिए ।

288728648_5112378575526405_5039995645279847177_n.jpg

images
प्रकाशित मिति :आषाढ ५, २०७९ आइतवार - ०८:०४:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology