Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मंकीपक्सको आशंका गरिएको व्यक्तिमा कुष्ठरोग भएको पुष्टि

मंकीपक्सको आशंका गरिएको व्यक्तिमा कुष्ठरोग भएको पुष्टि

दैनिकी न्यूज

३, आषाढ २०७९
मंकीपक्सको आशंका गरिएको व्यक्तिमा कुष्ठरोग भएको पुष्टि
images

काठमाडौं । मंकीपक्सको आशंका गरिएको एक व्यक्तिमा कुष्ठरोग भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडेकियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थालमा रहेको हेल्थ डेस्कमा खटाइएका स्वास्थ्यकर्मीले एक जना व्यक्तिलाई विशेष परामर्शको लागि असार २ गते शुक्रराज ट्रफिकल तथा सरुवा रोग स्पताल टेकु काठमाडौंमा पठाईएको थियो ।

उक्त व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँचपड्ताल क्रममा विभिन्न ६ ठाउँमा जाँच गर्दा आँखा र कानको तीन वटा नमुनामा कुष्ठरोगको जिवाणु भेटिएको मन्त्रालयले जनाएको छ । उक्त २६ वर्षिय पुरुषमा कुष्ठरोग पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मंकीपक्सको कुनै पनि शंकास्पद संक्रमणहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सम्बन्धीत अधिकारीहरुलाई सूचना उपलब्ध गराउन समेत आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - १७:५८:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology