Logo

आइतवार, आश्विन २५ गते २०८३

images

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु

दैनिकी न्यूज

३, आषाढ २०७९
फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु
images

काठमाडौं । निर्माणाधीन काठमाडौँ–तराई–मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।

सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् । ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।

कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा सर्तअनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको जानकारी दिए । सुरुङ खन्ने काम दुई खण्डमा भइरहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ ३, २०७९ शुक्रवार - ०६:५२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology