Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बुढीगंगा नगरपालिकामा असार २३ मा पुनः मतदान

बुढीगंगा नगरपालिकामा असार २३ मा पुनः मतदान

दैनिकी न्यूज

२, आषाढ २०७९
बुढीगंगा नगरपालिकामा असार २३ मा पुनः मतदान
images

धनगढी । वैशाख ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते पुनः निर्वाचन हुने भएको छ । कांग्रेसद्वारा पुनः मतदान र एमालेद्वारा गणना हुनुपर्ने लामो समयको खिचातानीपछि जिल्ला तहका दुवै पक्षका नेताहरु बिहीबारको बैठकबाट पुनः निर्वाचन गराउन सहमत भएका हुन् ।

निर्वाचन आयोगले यसअघि नै बुढीगंगामा पुनः निर्वाचन गर्ने निर्णय गर्दै मिति तोक्ने अधिकार जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयलाई दिएको थियो ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसहित बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले बुढीगंगामा पुनः निर्वाचन हुने मिति तोकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । यसअघि निर्वाचनको मिति तोक्नका लागि बसेका चार वटा बैठकमा निष्कर्षविहीन भएका थिए ।

वैशाख ३० गतेको मतदानका क्रममा बुढीगंगाका १० वडामध्ये ६ वटा वडामा स्वतन्त्र र निष्पक्ष मतदान हुन सकेको थिएन ।

images
प्रकाशित मिति :आषाढ २, २०७९ बिहिवार - २१:५५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology