Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ललितपुरको भट्टेडाडाँमा करेन्ट लागेर एक जनाको मृत्यु

ललितपुरको भट्टेडाडाँमा करेन्ट लागेर एक जनाको मृत्यु

दैनिकी न्यूज

१, आषाढ २०७९
ललितपुरको भट्टेडाडाँमा करेन्ट लागेर एक जनाको मृत्यु
images

ललितपुर । ललितपुरको बागमती गाउँपालिका वडा नं. ३ भट्टेडाडा पोखरीचौर कार्की डाँडा बस्ने ४९ वर्षीय रामहरि बजगाईको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा बिजुलीको काम गर्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित आनन्दवन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसबारे थप अनुसन्धान गरिरहेको वृत्त चापागाउँले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १, २०७९ बुधवार - १८:५०:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology