Logo

आइतवार, आश्विन २५ गते २०८३

images

ऐसेलुखर्क गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई काठमाडौंमा स्वागत

ऐसेलुखर्क गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई काठमाडौंमा स्वागत

दैनिकी न्यूज

३०, जेठ २०७९
ऐसेलुखर्क गाउँपालिकाका नवनिर्वाचित अध्यक्षलाई काठमाडौंमा स्वागत
images

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका नव निर्वाचित अध्यक्ष गिरेन्द्रवहादुर राईले जनतालाई गरेको प्रतिबद्धता र सपनालाई पूरा गर्ने बताएका छन् । आइतबार हलेसी सेक्युरिटी सर्भिस प्रालीले काठमाडौं नयाँ बजारमा आयोजना गरेको स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जनताका समस्यामा खेलवाड नगर्ने बताएका हुन् । ‘मैले चुनावमा देखाएका सपना र प्रतिवद्धता पुरा गरेरै छाड्छु,’ उनले भने, ‘यसपटकको चुनाव ठूलो चुनौतिका वावजुत जितियो।’

राई नेकपा एमालेबाट उम्मेदवार थिए। अध्यक्ष राईले अबको पाच वर्षको अवधिलाई जनताको काममा सदुपयोग गर्ने बताउँदै यसपटकको चुनावका पार्टी फुटको असर परेको भनाई व्यक्त गरे। सो गाउँपालिकामा नेकपा एमालेबाटै बागी उम्मेदवार समेत उठेका थिए। तथापी राईले लोकप्रिय मतसहित जितेका थिए।
286833250_372718638062392_2557677378001865466_n.jpg

उक्त स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको सहभागी थियो । भट्टराई नवनिर्वाचित पालिका अध्यक्षलाई शुभकामना दिँदै जनताको समस्यामा ध्यान दिन आग्रह गरे । ‘गठबन्धन र बागी उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा विजयी हुनुभएकोमा शुभकामना दिन चाहन्छ,’ उनले भने, ‘अबको पाँच वर्षमा उदाहरणीय काम गर्नको लागि पनि अनुरोध गर्दछु ।’ उनले उम्मेदवार चयन गर्दा जनताले रुचाएका छन् वा छैनन् भन्नेबारे पार्टीले ख्याल गर्नुपर्ने बताउँदै सन्सारमा कहि पनि गठवन्धनल देश वनाएको रेकर्ड नभएको बताए। ‘देश बनाउने भनेको पार्टीले नै हो, त्यो पनि मुलधारको पार्टीमा निर्भर गर्छ,’ उनले भने, ‘अब जनप्रतिनिधिले अजेन्डा पूरा गर्न आवश्यक छ।’ हलेसी सेक्युरिटी सर्भिस प्रालीका मदन राईले शुभकामना दिँदै जनताको समस्यामा केन्द्रित हुन आग्रह गरे। उनले स्थानीयसँग हातेमालो गरेर काम गर्न सके जनप्रतिनिधि सफल हुने बताए।

कार्यक्रममा युवा संघका एण्डी राईले पनि नवनिर्वाचित अध्यक्षलाई सफल कार्यकालको शुभकामना दिए । उनले विकासको गति लिन आवश्यक रहेको बताउँदै आफ्न अजेन्डामा केन्द्रित हुन नव निर्विाचित पालिका अध्यक्षलाई आग्रह गरे। ‘हामीले समाजवाद ल्याउन कोसिस गरिरहेका छौं,’ उनले भने, ‘जनप्रतिनिधिले पिच्छडिएका र गरिबका समस्या समाधान गर्न केन्द्रित हुनुपर्छ।’

images
प्रकाशित मिति :जेठ ३०, २०७९ सोमवार - ०७:०८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology