Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भारतलाई बेच्न थालियो बिजुली

भारतलाई बेच्न थालियो बिजुली

दैनिकी न्यूज

२७, जेठ २०७९
भारतलाई बेच्न थालियो बिजुली
images

काठमाडौं । गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२।४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए । ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आज ९शुक्रबार०बाट भारतीय जनताले उपभोग गरिसकेको हुने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले वर्षा मौसममा भारतसँग सम्झौता भएअनुरूप ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।

यसअघि गत शनिबार नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न थालिएको थियो । यो खबर आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।

images
प्रकाशित मिति :जेठ २७, २०७९ शुक्रवार - ०५:३९:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology