Logo

आइतवार, आश्विन २५ गते २०८३

images

पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ=नारायणगढ सडक अवरूद्ध

पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ=नारायणगढ सडक अवरूद्ध

दैनिकी न्यूज

२६, जेठ २०७९
पहिरोले मुग्लिङ-नौविसे र मुग्लिङ=नारायणगढ सडक अवरूद्ध
images

पहिरोले मुग्लिङ(नौविसे र मुग्लिङ–नारायणगढ सडक अवरूद्ध भएको छ।

काठमाडौं । मुग्लिङ–नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो।

यस्तै मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ। बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।

गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन्।

images
प्रकाशित मिति :जेठ २६, २०७९ बिहिवार - ०८:११:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology