Logo

आइतवार, आश्विन २५ गते २०८३

images

दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात

दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात

दैनिकी न्यूज

२६, जेठ २०७९
दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात
images

काठमाडौं । नेपालले दैनिक करिब साढे सात करोड रुपियाँको विद्युत् भारत निर्यात गर्न सुरु गरेको छ । बुधबार रातिदेखि नेपाल विद्युत् प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा नेपालका पाँच आयोजनाको कुल ३१२ मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

बुधबार रातिदेखि बिहीबार मध्यरातसम्म छ हजार आठ सय मेगावाट घण्टा निर्यात हुने भएको छ । नेपालको बिजुलीले महँगो मूल्य पाइरहेको छ । बुधबार मध्यराति १२ बजेदेखि बिहीबार मध्य रातिसम्मका लागि प्रतियुनिट औसत भारतीय छ रुपियाँ ८८ पैसा (११ रुपियाँ नेपाली) मा बिक्री भएको हो ।

यसअनुसार यो २४ घण्टामा छ हजार आठ सय मेगावाट घण्टा नेपालबाट बिजुली निर्यात हुने भएको हो । यो आँकडाअनुसार बिहीबार मात्रै सात करोड ४८ लाख ५४ हजार रुपियाँको बिजुली निर्यात भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :जेठ २६, २०७९ बिहिवार - ०६:२१:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology