Logo

आइतवार, आश्विन २५ गते २०८३

images

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने (सूचनासहित)

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने (सूचनासहित)

दैनिकी न्यूज

२५, जेठ २०७९
असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने (सूचनासहित)
images

काठमाडौं । सरकारले आउँदो असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि कुनै पनि सडक खन्न अनुमति नदिने जनाएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक नखन्न सडक विभागले निकालेको सूचनामा भनिएको छ ।

कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

हेर्नुहोस सूचना

1.jpg

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - ०९:३०:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology