Logo

आइतवार, आश्विन २५ गते २०८३

images

जबरजस्ती करणी गरेको एक युवक ललितपुरबाट पक्राउ

जबरजस्ती करणी गरेको एक युवक ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

२२, जेठ २०७९
जबरजस्ती करणी गरेको एक युवक ललितपुरबाट पक्राउ
images

ललितपुर । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका वडा नं. १४ ठैब बस्ने रामेछाप खांडादेवी गाउँपालिका वडा नं. १ लुभुघाट घर भएका २३ वर्षीय अनोज माझीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

गोदावरी नगरपालिका–१ दमैटारस्थित सडक किनारामा माझीले चलाउदै आएको प्रदेश ३–०१–०२४ च ३५९७ नम्बरको हात्ती गाडीमा ती बालिकालाई ललाई फकाई जेठ ९ गते राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ २२, २०७९ आइतवार - २०:२०:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology