Logo

आइतवार, आश्विन २५ गते २०८३

images

५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

दैनिकी न्यूज

२०, जेठ २०७९
५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ
images

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका वडा नं. १ मा रहेको मावि एकडाराका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई घुससहित पक्राउ गरेको छ ।

बिहीबार ५० हजार रुपैयाँ घुससहित अख्तियारले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा रहेको एक होटलमा एकडारा बेलुका ५ बजे घुस लिइरहेको अवस्थामा अख्तियारको केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

घुस रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको प्रकिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :जेठ २०, २०७९ शुक्रवार - ०८:०६:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology