काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई तीस हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।
विशेष सुराकीको आधारमा पुगेको टोलीले रायमाझीलाई मंगलबार घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो।
रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीको आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको हो।
रायमाझीलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको आयोगको बुटवल कार्यालय स्रोतले जनाएको छ।