Logo

आइतवार, आश्विन २५ गते २०८३

images

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

दैनिकी न्यूज

१७, जेठ २०७९
१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त
images

काठमाण्डौं । राष्ट्रिय युवा परिषदले १३ जिल्लामा युवा समितिका अध्यक्ष नियुक्त गरेको छ । जेठ १६ गते युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराज ९अथक० को अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लाको रिक्त पदपूर्ति गरेको हो ।

राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत बिभिन्न कारणले खाली भएका जिल्लाहरुमा परिषद ऐनको दफा ११ को उपदफा २ ९क० बमोजिम अध्यक्ष नियुक्त गरीएको हो ।

नियुक्त हुनेहरुमा हिक्मत बहादुर शाही (दैलेख), सुजन राई (सोलुखुम्वु), पासाङ निमु शेर्पा (संखुवासभा), चेत प्रसाद बोलखे (रौतहट), टिका भुर्तेल (नवलपुर) ,सुजन लिम्बु (ताप्लेजुङ्), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविस्कार क्षेत्री, (स्याङ्जा), भक्त बहादुर थापा (बर्दिया), नवराज कार्की (मुगु), सञ्जय कुमार दास (सप्तरी) र चक्र बहादुर रावल (जुम्ला) रहेका छन ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - १९:००:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology