कास्की । पोखरा महानगरपालिका वडा नं. ४ चिप्लेढुङ्गास्थित पर्वत कुस्मा नगरपालिका–१३ बस्ने जय परियारको साननानी दोहोरी साँझभित्र जुवातास खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका–१५ बस्ने स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका २४ वर्षीय दिपक गुरूङ लगायत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त दोहोरी साँझभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८४ हजार ६ सय ५० रूपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।