Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार मानन्धर पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार मानन्धर पक्राउ

दैनिकी न्यूज

१७, जेठ २०७९
बैंकिङ कसूर मुद्दाका फरार मानन्धर पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुर नगरपालिका–८ लिवाली बस्ने रामेछाप सुनापाती गाउँपालिका वडा नं. ५ ठेगाना भएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्दामा २०७८ पुस २ गतेको फैसलाले ३ दिन कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरी फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ नालाबाट पक्राउ गरेको हो ।

मानन्धरले २०७७ मंसिर १८ गते आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी एनआइसी एसिया र माछापुच्छ्रे बैंक लिमिटेडमा रहेको खाताहरुबाट रकम भुक्तान हुने भनी पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो ।

उनीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०६:४७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology