Logo

आइतवार, आश्विन २५ गते २०८३

images

तारा एयर दुर्घटना छानविन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

तारा एयर दुर्घटना छानविन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

दैनिकी न्यूज

१६, जेठ २०७९
तारा एयर दुर्घटना छानविन गर्न पाँच सदस्यीय जाँच आयोग गठन
images

काठमाडौं । सरकारले तारा एयरको जहाज दुर्घटना भएकोबारे छानविन गर्न जाँच आयोग गठन गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय जाँच आयोग गठन गरेको हो।

आयोगका अन्य सदस्यहरुमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन्।

पर्यटनमन्त्री प्रेम आलेले मन्त्रीस्तरिय निर्णयबाट तारा एयरको जहाज दुर्घटनाबारे जाँच आयोग गठन गर्ने निर्णय गरेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लयेख छ।

पोखराबाट आइतबार १९ यात्रु लिएर जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङको थाङसाङ गाउँपालिका २ को सानुसरे भन्ने स्थानमा सोमबार दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

images
प्रकाशित मिति :जेठ १६, २०७९ सोमवार - १७:३४:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology