Logo

आइतवार, आश्विन २५ गते २०८३

images

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

दैनिकी न्यूज

१६, जेठ २०७९
मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
images

काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तरप्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ र हावाहुरिसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मङ्गलबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । रासस

images
प्रकाशित मिति :जेठ १६, २०७९ सोमवार - १५:००:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology