Logo

आइतवार, आश्विन २५ गते २०८३

images

भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, २ थान भरुवा बन्दुक सहित १० जना पक्राउ

भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, २ थान भरुवा बन्दुक सहित १० जना पक्राउ

दैनिकी न्यूज

१६, जेठ २०७९
भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु, २ थान भरुवा बन्दुक सहित १० जना पक्राउ
images

प्युठान । ऐरावती गाउँपालिका–१ अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय दोर्ण बहादुर आलेमगरको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञान बहादुर नेपालीले उक्त जंगलमा सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्णबहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय प्युठान, ईलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुक सहित पक्राउ गरेको छ ।

घटनामा संलग्न हाल फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :जेठ १६, २०७९ सोमवार - १४:५६:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology