काठमाडौँ । सरकारले ६८ वर्षमाथिका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै उक्त जानकारी दिएका हुन्।
यसअघि ७० वर्षमाथिका व्यक्तिलाई जेष्ठ नागरिक भत्ता दिने गरिएको थियो।