Logo

आइतवार, आश्विन २५ गते २०८३

images

२५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता

२५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता

दैनिकी न्यूज

१५, जेठ २०७९
२५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता
images

काठमाडौँ । सरकारले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने घोषणा गरेका हुन् ।

उनले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई एकमुस्टरुपमा पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने बताए । त्यस्तै अर्थमन्त्री शर्माले प्रसूती सेवा उपलब्ध गराई आमा सुरक्षा कार्यक्रममा रकम वृद्धि गर्ने घोषणा गरे ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १७:२८:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology