Logo

आइतवार, आश्विन २५ गते २०८३

images

बैकिङ कसूर मुद्दाका फरार नरेन्द्र प्रकाश सुवेदी पक्राउ

बैकिङ कसूर मुद्दाका फरार नरेन्द्र प्रकाश सुवेदी पक्राउ

दैनिकी न्यूज

११, जेठ २०७९
बैकिङ कसूर मुद्दाका फरार नरेन्द्र प्रकाश सुवेदी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सुवेदीको नाममा १ करोड १० लाख बिगो भएको बैंकिङ कसूरमा मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट २०७८ फागुन २० गते पक्राउ अनुमति समेत जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - १८:२५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology