Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु

दैनिकी न्यूज

११, जेठ २०७९
बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु
images

झापा । झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को १ ख ७१८७ नंको झुल्केदेवी यातायात ९बस० ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ११:१६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology