काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ।
२०७९ जेठ ११ गते (बुधबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १, मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ १२ गते (बिहीबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ १३ गते (शुक्रबार)
दिउँसो : कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरूमा र अन्य पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।