Logo

सोमवार, आश्विन २६ गते २०८३

images

काठमाडौंको मेयरमा बालेनले कटाए ५३ हजार मत

काठमाडौंको मेयरमा बालेनले कटाए ५३ हजार मत

दैनिकी न्यूज

११, जेठ २०७९
काठमाडौंको मेयरमा बालेनले कटाए ५३ हजार मत
images

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५३ हजार मत कटाएका छन् ।

बुधवार बिहानको अपडेट अनुसार मेयर पदमा साहले ५३ हजार ५६ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केशव स्थापितले ३३ हजार १६६ मत ल्याएका छन् ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले ३३ हजार १०५ मत ल्याएकी छन् ।

१ लाख ६४ हजार ५६० मत गणना गर्दा साहले फराकिलो मतान्तरसहित अग्रतालाई निरन्तरता दिएका छन् ।

अर्का उम्मेदवारद्वय स्थापित र सिँहबीच भने तीव्र प्रतिस्पर्धा देखिएको छ ।

उनीहरू केही मतान्तरले अघिपछि पर्दै आएका छन् ।

वैशाख ३० गते मतदान भएपश्चात सोही दिनरातिबाट काठमाडौं महानगरको मतगणना शुरू गरिएको थियो । बुधवार मतगणनाको १२ औं दिन हो । मतगणना जारी छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०८:३१:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology