ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं. ७ चांगाथली विष्णु बस्नेतको घरमा तास खेलिरहेको अवस्थामा ६ जनालाई आज दिउसो ४ बजे ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार २५ रूपैयाँ, जुवा तास खेल्न प्रयोग गरेको ४ बुक तास र नखोलिएको ५४ बुक तास सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ललितपुर जिल्ला महालक्ष्मी–७ चाँगाथली बस्ने बर्ष ४५ को कृष्ण थापा, वर्ष ४८ को राजेन्द्र कार्की, ४७ वर्षको बिष्णु बस्नेत, ४८ वर्षको रुपक भारती, ५८ वर्षको राम गोबिन्द महर्जन र महालक्ष्मी–५ टिकाथली बस्ने ४० वर्षको सुमन भण्डारी रहेका छन् ।
विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।