काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
२०७९ जेठ ८ गते (आइतबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन /चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको छ। देशका अन्य प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ ९ गते (सोमबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा र मेघगर्जन / चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
२०७९ जेठ १० गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।बाँकी भुभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राती : देशका पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)
लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको साथैं देशका अन्य प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।