Logo

सोमवार, आश्विन २६ गते २०८३

images

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी लामा निर्वाचित

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी लामा निर्वाचित

दैनिकी न्यूज

७, जेठ २०७९
हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीकी लामा निर्वाचित
images

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजय भएको छ ।

बागमती प्रदेशको राजधानी समेत रहेको उपमहानगरमा नेकपा (एस) की मीना कुमारी लामा मेयर पदमा निर्वाचित भएकी हुन् । उनले २३ हजार ७५ मत प्राप्त गरिन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अनन्त प्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे भने तेस्रो भएका राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गरे ।

त्यस्तै उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उनले ३२ हजार ५ सय ९३ मत प्राप्त गरे । त्यस्तै, उनकी निकटतम प्रतिस्पर्धी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ मत ल्याइन् ।

त्यस्तै, तेस्रो भएको राप्रपाकी इन्दिरा न्यौपानेले ५ हजार ४ सय ८३ मत प्राप्त गरिन् ।

images
प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - ०५:३२:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology