दमक । नेकपा (एमाले) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपा सहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।
गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका राम थापा नगर प्रमुखमा नेकपा (एमाले) की उम्मेद्वार गीता अधिकारीलाई हराउदै विजयी भएका हुन् । थापाले १७ हजार ५५ मत ल्याउनु भएको छ भने निकटतम प्रतिस्पर्धि अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरेका थिए ।
यसैगरी उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी रेगिना भट्टराई विजयी भएकी हुन् । नेपाली काँग्रेसकी नेतृ भट्टराईले नेकपा एमालेका उम्मेद्वार अम्बिका खनाललाई हराउदै विजयी बनेको हो । भट्टराई १७ हजार ७२ मत प्राप्त गरेर विजयी भएको हो । निकटतम् प्रतिस्पर्धी खनालले १६ हजार ५७४ मत प्राप्त गरेको छ ।