Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

दैनिकी न्यूज

५, जेठ २०७९
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(३ बस्ने गोरखा सिरानचोक गाउँपालिका(४ घर भएका ३७ वर्षीय प्रकाश रेग्मीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ चैत २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ दिन कैद र ९ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

रेग्मीले मुक्तिनाथ बिकास वैंक लिमिटेड महाराजगंज शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी २०७६ कात्तिक १० गते दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - २१:१८:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology