काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका प्रमुखमा एककीकृत समाजवादीका खडकबहादुर रावत विजयी भएका छन्।
रावतले एमालेका ममता प्रसाद चौधरीलाई फराकिलो मतान्तरले पराजित गरे। चौधरीले ८ हजार २ सय ४१ मत पाए। यो नगरमा सत्ता गठबन्धनले तालमेल गरेको थियो।
उपमेयरमा कांग्रेसकी गुलिया कुमारी चौधरी निर्वाचित भइन्। उनले १२ हजार २ सय ७० मत पाउँदा एमालेकी करुणादेवी बटालाले ६ हजार ९ सय ६३ मत पाइन्।