Logo

सोमवार, आश्विन २६ गते २०८३

images

दुई दिन बिदा लागू गर्न समस्या

दुई दिन बिदा लागू गर्न समस्या

दैनिकी न्यूज

५, जेठ २०७९
दुई दिन बिदा लागू गर्न समस्या
images

काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउँदै केही सरकारी निकायले आइतबार बिदा नदिने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयले आइतबार सार्वजनिक बिदा दिन नसक्ने निर्णय गरेको छ । वर्षे बिदाका कारण त्रिविको पढाइ अहिले बन्द छ । त्रिविमा आबद्ध प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई स्थानीय तहको निर्वाचमा खटिन सहज हुने गरी त्रिविले वैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म आङ्गिक क्याम्पसहरूमा वर्षे बिदा दिएको छ । विश्वविद्यालयमा कोरोना असरका कारण पठनपाठन ढिलो भएको, परीक्षा र पढाइका कार्यक्रम यसअघि नै सार्वजनिक भइसकेको तथा विश्वविद्यालयले तयार पारेको शैक्षिक पात्रो सातामा छ कार्य दिनलाई ध्यानमा राखेर तयार पारिएको हुनाले आइतबार बिदा दिन नसकिने त्रिविले जनाएको छ । बूढानीलकण्ठ नगरपालिकाले पनि आइतबार बिदा नदिने निर्णय गरेको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०७:१२:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology