Logo

सोमवार, आश्विन २६ गते २०८३

images

मन्थली नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

मन्थली नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

दैनिकी न्यूज

५, जेठ २०७९
मन्थली नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी
images

रामेछाप । रामेछापको मन्थली नगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोदकुमार कार्कीलाई पराजित गर्दै एमालेका लव श्रेष्ठले मेयरमा निर्वाचित भएका छन् ।

श्रेष्ठले ९ हजार ७१८ मत पाउँदा कार्कीले ९ हजार १२२ मत पाएका छन् ।

उपमेयरमा एमालेकी ईश्वरी बस्नेत विजयी भएकी छन् । कांग्रेसकी यशोदा श्रेष्ठलाई पराजित गर्दै बस्नेत निर्वाचित भएकी छन् । बस्नेतले ९ हजार १६१ मत पाउँदा श्रेष्ठले ९ हजार ५४ मत पाएकी छन् ।

images
प्रकाशित मिति :जेठ ५, २०७९ बिहिवार - ०६:५९:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology