चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की रेनु दाहाल नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि छिन् ।
पछिल्लो मत परिणाम अनुसार दाहालले १२ हजार ३५२ र सुवेदीले ९ हजार ९६७ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा दाहाल २ हजार ३८५ मतले अगाडि छिन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ३५५ मत ल्याएको छ । भरतपुरमा अहिलेसम्म ३३ हजार १८९ मत गनिएको छ ।