Logo

सोमवार, आश्विन २६ गते २०८३

images

ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

दैनिकी न्यूज

४, जेठ २०७९
ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु
images

ललितपुर । ललितपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मंगलबार राति ललितपुर–१७, ग्वार्कोको पेट्रोलपम्प अगाडी मुख्य सडकमा बुलेट मोटरसाइकलको ठक्करबाट घाइते भएका व्यक्तिको बुधबार बिहान मृत्यु भएको ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

कोटेश्वरबाट ग्वार्कोतर्फ आउँदै गरेको बागमति प्रदेश ०२–०२३ प ०४९१ नम्बरको बुलेट मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ३८ वर्षीय पुरुष घाइते भएका थिए। उनलाई बी एण्ड बी अस्पतालमा उपचारका लागि लगिएको थियो। बुधबार बिहान करिव ३ बजे उनको मृत्यु भएको हो।

मोटरसाइकल चालक ललितपुरको नखुडोलका ४२ वर्षीय देबबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ। मृतकको सनाखत हुन नसकेको एसपी शाहले बताए।

images
प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - १०:५२:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology