काठमाडौं । भरतपुर महानगरपालिकको मेयर पदमा गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले १ हजार ३ सय ४४ मतले अग्रता लिएकी छन् ।
२६ हजार २६ मत गनिसक्दा दाहालले ९ हजार ३६३ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार १९ मत ल्याएका छन् । नेपाली काँग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ४ हजार १९१ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेस चित्रसेन अधिकारीले ११ हजार १३६ र हिमला गुरुङले ६ हजार ५३५ मत प्राप्त गरेका छन् ।