काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजय भण्डारी अध्यक्षमा निर्वाचित भएका छन्।
अन्तिम मत परिणामअनुसार भण्डारीले २ हजार ८ सय ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्षमा एमालेबाट उम्मेदवार महेन्द्रबहादुर शाहीले १ हजार ९६९ मत ल्याएका छन्।
उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार सुशिला भाम रोकाया निर्वाचित भएकी छन्। उनले २ हजार ४ सय ६४ मत ल्याएकी छन् भने निकटतम् प्रतिस्पर्धी एमालेकी प्रतिमा लामाले १ हजार ४ सय ५६ मत ल्याएकी छन्।
सिमकोट गाउँपालिकामा माओवादी र कांग्रेसबीच गठबन्धन गरिएको थियो।