ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । १२ हजार ४२० मत गणना हुँदा महर्जनले ७ हजार ४९६ मतको अग्रता लिएका हुन् ।
सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३ हजार २५२ मत पाएका छन् ।
उपप्रमुखमा भने नेकपा (एमाले) की मञ्जली शाक्यले ३ हजार ८४८ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्यले २ हजार ३५४ मत पाएका छन् ।