ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । जारी मतगणनामा ५ हजार ४ सय ८४ मत मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन ३० हजार ७६ मतसहित अग्रस्थानमा छन् । लोप्चनलाई नेकपा (एमाले) उम्मेदवार नवराज सञ्जेल २ हजार ३३ मतसहित पछ्याइरहेका छन् ।
यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भक्तबहादुर दर्लामी मगर २हजार ८ सय ७२ मतसहित अगाडि छन् । उनलाई एमालेकी उम्मेदवार नमुना दोङ १ हजार ८ सय ४० मतसहित पछ्याएकी छिन् ।
यस्तै बागमती गाउपालिका वडा न ४, प्यूटारमा गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार राम कुमार लामा (तामाङ) ७ सय ८५ मत सहित बिजयी भएका छन् । एमालेका उम्मेदवार नारायण बहादुर घलेले ५ सय ४० मत प्राप्त गरेका थिए ।
यस संगै अहिले सम्म बागमती गाउपालिकामा ४ वटा वडामा गठबन्धनका उम्मेदवारले जित हासिल गरेका छन्।
