Logo

सोमवार, आश्विन २६ गते २०८३

images

सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षमै माओवादी केन्द्रबाट अध्यक्ष बने राजाबाबु

सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षमै माओवादी केन्द्रबाट अध्यक्ष बने राजाबाबु

दैनिकी न्यूज

२, जेठ २०७९
सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षमै माओवादी केन्द्रबाट अध्यक्ष बने राजाबाबु
images

सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

गाउँपालिका अध्यक्षमा २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यादव पूर्वसांसद शिवपुजन राय यादवका छोरा हुन्।

उनले चार हजार ८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले दुई हजार ३९२ मत ल्याएका छन्।

त्यसैगरी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ७०७ मत प्राप्त गरेका छन्।

गाउँपालिका उपाध्यक्षमा पनि माओवादी केन्द्र विजयी भएको छ। माओवादीकी गीता देवीले ३ जार ५२३ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले दुई ६३७ मत प्राप्त गरेकी छन्।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १५:५१:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology