Logo

सोमवार, आश्विन २६ गते २०८३

images

भक्तपुरमा नेमकिपाका प्रजापति विजयी

भक्तपुरमा नेमकिपाका प्रजापति विजयी

दैनिकी न्यूज

२, जेठ २०७९
भक्तपुरमा नेमकिपाका प्रजापति विजयी
images

काठमाडौँ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विशाल मत अन्तरसहित निर्वाचित भएका छन्।

उनले २९ हजार २५२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कसुलाले ३ हजार ४०७ मत पाए भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८४१ मत ल्याएका छन्।

उपमयेरमा पनि नेमकिपाकै रजनी जोशी विजयी भएकी छन्। जोशीले २९ हजार ७५९ मत पाएकी छिन्।

निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९८८ र एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७७८ मत पाएका छन् ।


प्रजापति र जोशी दुवै दोहोरिएका हुन्। ०७४ को निर्वाचनमा पनि उनीहरु निर्वाचित भएका थिए।

नेमकिपाको गढ भक्तपुरमा सो पार्टीले सबै वडा समेत जितेको छ।

images
प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १४:३८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology