ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १० को मतगणना कार्य स्थगित भएको छ ।
मत गणना गर्ने क्रममा ४७ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएपछि मतगणना कार्य स्थगित गरिएको हो ।
दलहरुबीच सहमति हुन नसकेपछि मतगण्ना कार्य स्थगित गरिएको बुझिएको छ । तर महालक्ष्मी–१ को मतगणना कार्य जारी गरेको छ । वडा नं. १ मो जारी मतगणना अनुसार मेयरमा एमालेको उम्मेदवारले ४१०, माओवादी केन्द्रको ४०८, राप्रपा १३० एकीकृत समाजवादीले ९६ मत प्राप्त गरेका छन् । उता उपमेयरमा एमालेका उम्मेदवारले ५३४, कांग्रेसले ३५६ र राप्रपाले १०७ मत प्राप्त गरेका छन् ।