ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । जारी मतगणनामा २ हजार ३४ मत मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन ११ सय ३१ मतसहित अग्रस्थानमा छन् । लोप्चनलाई नेकपा (एमाले) उम्मेदवार नवराज सञ्जेल ८ सय ५ मतसहित पछ्याइरहेका छन् ।
यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार भक्तबहादुर दर्लामी मगर ११ सय २९ मतसहित अगाडि छन् । उनलाई एमालेकी उम्मेदवार नमुना दोङ ६ सय ६८ मतसहित पछ्याएकी छिन् ।
यस्तै माल्टामा गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार राम बहादुर ब्लोन ६ सय ७ मत सहित अग्रस्थानमा छन् । एमालेका उम्मेदवार सोम बहादुर सिंगार २ सय ४९ मत सहित कांग्रेसका उम्मेदवारलाई पछ्याइरहेको छ । दलित महिला सदस्यमा माओवादी केन्द्रका उम्मेदवारले ४९८ अग्रस्थानमा छन् भने उनलाई एमालेको उम्मेदवारले २५४ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै महिला सदस्यमा कांग्रेस ५१२ मतसहित अग्रस्थानमा छन् भने एमालेका उम्मेदावर २७१ सहित दोस्रो स्थानमा छन् ।
त्यस्तै खुल्ला दुई सदस्यमा कांग्रेसका उम्मेदवार५७४ मत सहित पहिलो, माओवादी केन्द्रको ५३६ दोस्रो, एमालेका उम्मेदवार २६२ मतसहित तेस्रो र एमालेकै उम्मेदवार २२९ मतसहित चौथो स्थानमा रहेका छन् ।
माल्टामा १३ सय ६६ मत खसेकोमा हालसम्म ९ सय ३४ मत गणना भएको छ ।
यस अघि वडा नं १ घुसेलको अन्तिम परिणाम आइसकेको छ । घुसेलमा गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार ज्ञान बहादुर लोको प्यानल नै विजयी भएको छ । यस गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन छ । कुल मतदाता संख्या १२ हजार ३२८ रहेको यस पालिकामा ९ हजार ५११ मत खसेको थियो ।