ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । ४०० गन्दा अध्यक्षमा नेकपा (एमाले) का कृष्णमान लामाले अग्रता बनाएका छन् ।
लामाले १९१ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार गोपीलाल सिंतान १६२ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार राजन प्रसाद घिमिरे १५८ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका उपाध्यक्ष रनिता तामाङले १३० का साथ पछ्याइरहेको अवस्था छ ।