काठमाडौं । दाङ जिल्लाको घोराई उपमहानगरपालिका १० बुद्धचोकस्थित एक घरमा बैशाख २९ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् ।
उक्त घरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा लत्ताकपडा, सुन, नगद लगायतका अन्य सामान जलेर करीव १० लाख रुपैयाँ बराबरको क्षती भएको बताईएको छ ।
सो आगलागीबारे जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो ।
यसैगरी काठमाडौ जिल्लाको टोखा नगरपालिका ६ स्थित ग्रिनल्याण्ड चोक नजीकैको एक टेलरिङ्ग सेन्टरमा बैशाख २८ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।
उक्त न्यू ग्रेड फेमस एण्ड टेलरिङ्ग सेन्टरमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा सिलाई मेसीन तथा फर्निचर लगायतका अन्य सामान जलेर करीव ६ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।
सो आगलागीबारे जानकारी पाउँनासाथै तत्कालै सशस्त्र प्रहरी नेपाल नम्बर २० गण काठमाडौबाट खटिएको सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा सकृयतासाथ जुटेको थियो ।