Logo

सोमवार, आश्विन २६ गते २०८३

images

निर्वाचनको मौन अवधिः दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा

निर्वाचनको मौन अवधिः दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा

दैनिकी न्यूज

३०, बैशाख २०७९
निर्वाचनको मौन अवधिः दोस्रो दिन २० सञ्चार माध्यम कारबाहीमा
images

काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनको मौन अवधिको दोस्रो दिन २० सञ्चार माध्यमलाई कारबाही गरेको छ । कारबाहीमा परेकामध्ये ११ वटा सञ्चार माध्यमले तत्काल क्षमायाचना गरी सम्प्रेषित सामग्री हटाएका छन् । एउटा सञ्चार माध्यमले प्रतिक्रिया पेस गरेको छ । ८ वटा सञ्चार माध्यमबाट कुनै प्रतिक्रिया प्राप्त भइनसकेको प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो ।

प्रेस काउन्सिलले निर्वाचन आचारसंहिता लागु भएदेखि सञ्चार माध्यममा सम्प्रेषित सामग्री र पत्रकारका सामाजिक सञ्जालमा सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ । बिहिबार ४ जना पत्रकारलाई सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीका विषयमा ध्यानाकर्षण गराकोमा सबैले तत्काल आचारसंहिताविपरीत सम्प्रेषित सामग्री हटाएका छन् । काउन्सिलको अनुगमनका क्रममा ध्यानाकर्षण गराएको र सचेत गराएका विषय तत्काल भुलसुधार गर्ने सञ्चार माध्यम र पत्रकारलाई धन्यवाद भन्दै उपप्रशासकीय अधिकृत बोहराले जिम्मेवार सञ्चार माध्यम र पत्रकारको दायित्व आचारसंहिता पालना गर्ने नै रहेको बताउनुभयो । उहाँले शुक्रबार निर्वाचनका समयमा रिपोर्टिङमा खटिने सञ्चार माध्यम र पत्रकारलाई निर्वाचन आचारसंहिताको विशेष ख्याल गरी समाचार सामग्री सम्प्रेषण गर्नरगराउन अनुरोध गर्नुभएको छ ।

काउन्सिलले हिजो पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको थियो । योसँगै ४७ सञ्चार माध्यमलाई मौन अवधिमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा कारबाही भएको छ । बिहिबार १२ वटा अनलाइन, ७ वटा पत्रिका र एउटा टिभीलाई कारबाही भएको हो ।

बिहिबार कारबाही भएकामध्ये २ वटा सञ्चार माध्यमलाई उम्मेदवारले गरेको उजुरीका आधारमा र ३ वटा सञ्चार माध्यमलाई आयोगमा परेको उजुरी काउन्सिलमा प्राप्त भएको आधारमा कारबाही गरिएको हो । यसैबिच बिहिबार ६ वटा दर्ता नभएका वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्था गरी कारबाही गरिएको छ, जसमध्ये २ वटा निर्वाचन आयोगमा उजुरी परी काउन्सिललाई प्राप्त भएका हुन् ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७९ शुक्रवार - ०४:२७:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology