Logo

सोमवार, आश्विन २६ गते २०८३

images

बैंकिङ कसूर मुद्दाका फरार अधिकारी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार अधिकारी पक्राउ

दैनिकी न्यूज

२९, बैशाख २०७९
बैंकिङ कसूर मुद्दाका फरार अधिकारी पक्राउ
images

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका(३२ नयाँबानेश्वर बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ घर भएका ३८ वर्षीय रामहरि अधिकारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७९ वैंशाख ४ गतेको फैसलाले २ थान बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं शान्तिनगरबाट पक्राउ गरेको हो । अधिकारीले स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको उनकै खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त कैद फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख २९, २०७९ बिहिवार - १८:३६:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology